सुन्धाराको गुलाब मिठाई पसलमा आगलागी (भिडियो)


सुन्धाराको गुलाब मिठाई पसलमा भिषण आगलागी भएको छ।

बुधबार साँझ मिठाई पसलमा भएको आगलागीको बारेमा भने एकिन भइनसकेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भवनको पार्किङबाट आगलागी सुरू भएको जानकारी दिए।

‘भवनको माथिल्ला तलामा भएका सबै जनाको उद्दार भइसकेको छ, पार्किङमा कोही भए/नभएको अहिलेसम्म जानकारी छैन,’ डिएसपी थापाले भने, ‘नेपाली सेना, प्रहरी र महानगरका दमकलले आगो निभाइरहेका छौं।’

आगो निभाउन भर्खंरै दमकल त्यहाँ पुगको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.