हरिसिद्धीमा बन्धक बनाएर १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ५ जना पक्राउ


ललितपुरको हरिसिद्धीमा १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

बलात्कारको आरोपमा रिङ रोडमा चल्ने २ वटा बसका चालक र सह चालक छन् । घटनामा संलग्न भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप वजगाई समेत ५ जनालाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेको छ।

बालिका फागुन १७ गते बल्खुबाट हराएकी थिइन्।

छोरी हराएपछि उनको आमाले प्रहरीमा निवेदन दिएकी थिइन्। फागुन २८ गते हराएकी बालिका स्वयम्भुमा फेला परिन्। बालिका कराउने तर्सने, बरबराउने गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

१७ गते बालिकाले वल्खु चौकमा रिङ्गरोडमा चल्ने वा ४ ख ३८५१ नम्बरको बस चढिन् चालक सन्तोष घिमिरेले वसुन्धरा स्थित एक ग्यारेजमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो दिन सह–चालक दिवस गड्तौलाले पनि बालिकालाइ छाडेनन्।

१८ गते साँझ पिडितलाई सन्तोष घिमिरेले ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाएर राखे।

पिसाव समेत कोठाभित्रै गर्न लगाई जवरजस्ती करणी गरेको डिएसपी मोहन थापाले बताए। २४ गते बालिका कोठाबाट भागेकोमा अर्को वसका सह चालक सुदिप वजगाईले जवरजस्ती करणी गरेको गरेको प्रहरीले जनाएको छ।

उक्त दिन सन्तोष घिमिरेले पुनस् बालिकालाइ कोठामा लगी जवरजस्ती करणी गरेका थिए। सन्तोष घिमिरेले मिति २७ गते पीडितलाई सातदोवाटोबाट रिङरोड गुडने बा २ ख ४१९५ नं को गाडीमा चढाएका थिए।

उक्त गाडीको चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर दिनभर गाडीमा घुमाई स्वयम्भु स्थित एक ग्यारेजमा लगी बालिकालाइ जवरजस्ति करणी गरेको प्रहरीले जनाएको छ।

२८ गते पिडितको स्वास्थ्य अबस्था बिग्रदै गएपछि गर्भ निरोधक औषधि र २५० रुपैयाँ दिई उनीहरुले स्वयम्भुमा लगेर बालिकालाइ छाडिदिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.