थापागाउँमा एक युवकको हत्या


थापागाउँ देवी चोकमा मंगलबार राति एक युवकको हत्या भएको छ।

सामान्य विवादमा थापागाउँ बस्ने २१ वर्षीय पुरुषोत्तम सेढाईंको हत्या भएको हो।

सन्जीव राई, अशोक लिम्वु र रोहित चौधरी समेत तीनजना मिलेर छुरा प्रहार गरी सेढाईंको हत्या गरेका महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए।

अभियुक्त तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.