अफिमसहित ३ जना पक्राउ


चार केजी अवैध लागूऔषध अफिमसहित मकवानपुरका ३ जना युवालाई काठमाडौंमा पक्राउ गरिएको छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी लागूऔषध अफिमसहित मकवानपुरका ३ जनालाई काठमाडौंको दक्षिणकालीमा पक्राउ गरिएको जानकारी गराएको हो।

मकवानपुर ज्यामिरेका २९ वर्षीय सोमबहादुर तितुङ, रानीशेराका ३० वर्षीय बज्रबहादुर भोम्जन र शिखरकटेरीका २६ वर्षीय प्रेमबहादुर थिङलाई लागूऔषध अफिमसहित पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए। तितुङको साथबाट २ केजी तथा भोम्जन र थिङको साथबाट १/१ केजी अफिम बरामद गरिएको ब्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सोमबार साँझ ६ बजे विशेष सूचनाका आधारमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरू गरिएको पनि ब्यूरो प्रमुख राईले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.