विमान दुर्घटनामा मृत्यु भएका चालकसहित २३ जनाको शव ब‌ंगलादेश पठाइयो

फाइल तस्बिर।


नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी मृत्यु भएका विमानका चालकसहित २३ जनाको शव ब‌ंगलादेश पठाइएकाे छ।

विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलासिहत २३ जनाको शव ब‌ंगलादेश पठाइसकिएको छ।

बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान यही मार्च महिनाको १२ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए ।

विमानमा रहेका ७१ जना मध्ये चार जना चालक दलका सदस्य र बाँकी ६७ जना यात्रु रहेका थिए । उनीहरु मध्ये ३२ जना बङ्गलादेशका नागरिक थिए भने ३३ जना नेपाली, एक एक जना चीन र माल्दिभ्सका नागरिक रहेका थिए ।

शवहरुको पहिचान गर्नु पर्दा ढिला भएकाले दुर्घटना भएको लामो समयपछि मात्रै शवहरु स्वदेश पठाइएको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.