काठमाडौं प्रहरी परिसरले भन्यो-पराजुलीविरुद्ध जाहेरी आएकै छैन


पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी नपरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएको समाचारको खण्डन गर्दै परिसरका एसएसपी विश्वराज पोखरेलले त्यो साँचो नभएको बताए।

‘हामी कहाँ जाहेरी आएको छैन्,’ एसएसपी पोखरेलले भने, ‘त्यो समाचारमा भनिएजस्तो दर्ता पनि भएको छैन।’

उनले पराजुलीका विषय उठान गरेर मिडियाबाजी नगर्न समेत आग्रह गरेका छन्। पराजुलीविरुद्ध जाहेरी पर्यो भन्ने समाचार तथ्थहिन र भ्रामक भएको उनले बताए।

पराजुलीले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएको, शैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको भन्दै भण्डारीले जाहेरी दिएको बताएका थिए।

न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि पराजुलीले गत बिहीबार राजीनामा दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.