यूएस बंगला विमान दुर्घटना : २३ शव ढाका लगिँदै

फाइल तस्बिर।


गत सोमबार त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा परि मृत्यु भएका २६ मध्ये २३ जना बंगलादेशी यात्रुको शव आज ढाका लगिँदै छ।

ज्यान गुमाएकामध्ये २३ जना बंगलादेशी यात्रुको शव विशेष उडानबाट लाने तयारी भएको नेपालस्थित बंगलादेश दूतावासले जनाएको छ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको बताइएको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने मृत्यु भएका २६ मध्ये तीनजना बंगलादेशी यात्रुको शवको डिएनए टेस्ट हुन बाँकी रहेको बताएका छन्।

शव लिन बंगलादेशको सेनाको विशेष विमान काठमाडौं आउने बंगलादेशको न्यूज एजेन्सी बंगलदेश संवाद संस्थाले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.