त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड मृत फेला


त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन्।

विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको छ, भने घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.