चरेससहित रोल्पामा एक महिला पक्राउ


दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित रोल्पामा एक महिला पक्राउ परेकी छन्।

रोल्पा नगरपालिका ४ चिउरीबोटबाट शनिबार राति स्थानीय ४० वर्षिया शर्मा विक चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

विशेष सूचनाको आधारमा विकको कोठाबाट उक्त चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालले जानकारी दिए।

पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.