बारामा गोली चल्यो


 

बारामा ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको घटनालाई लिएर स्थानीय र प्रहरीबीच विवाद हुँदा गोली चलेको छ।

मृत्यु भएको चालकलाई दाहसंस्कारका लागि लैजाने तयारी गरेका आफन्तलाई प्रहरीले सडक दुर्घटनामा ज्यान गएकोले पोष्टमार्टम गर्नुपर्ने भन्दै रोकेको थियो।

पोष्टमार्टम गर्नुपर्ने भन्दै प्रहरीले शव स्थानीयलाई नदिएपछि विवाद बढेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार विवादले उग्र रूप लिए पछि भीड नियन्त्रणका लागि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो। महागढीमाई २ का ट्याक्टर चालक सानालाल माझीको गएराति मृत्यु भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.