छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याप्सन अध्यक्ष शिव कार्की पक्राउ


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले गरेपछि गए राति  उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कार्कीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.