गृहको सूचनामा काठमाडौं भित्र्याइँदै गरेका १८ ट्रक प्रहरी नियन्त्रणमा


गृह मन्त्रालयको सुराखीमा प्रहरीले राजधानी छिर्ने नाका थानकोटबाट भन्सार छलीका सामान बोकेका १८ वटा मालबहाक ट्रक नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान भन्सार छलीका सामान बोकेर राजधानी छिर्दे गरेका १८ वटा ट्रकलाई नियन्त्रणमा लिइएर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ।

ठूलो परिणाममा भन्सार छलीको सामान काठमाडौं भित्रिदै गरेको सूचना गृहमा पुगेपछि गृहले उक्त सूचना प्रहरी प्रधान कार्यालय हुँदै काठमाडौं प्रहरीलाई पुर्‍याएको थियो।

पशुपति ट्रास्पोर्टका उक्त ट्रक रक्सौलहुँदै काठमाडौं आएका थिए। ‘ट्रक भित्र के सामान छ, हामीलाई थाहा भएन,’ काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले भने, ‘माथिको सूचना थियो त्यही आधारमा नियन्त्रणमा लिएर भन्सारमा बुझाउने काम भएको छ, बाँकी अनुसन्धान उतैबाट होला।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.