प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ।
बुधबार बिहान ३:३० बजे देवदह नगरपालीका ४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कारबाही उनी मारिएका थिए। पुनमाथि ११ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मनोजको छाति, दाईने खुट्टा, दाईने हात र पेटमा गरी ११ राउण्ड गोली गालेको हो।
‘लामो समयदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका पुन सो क्षेत्रमा आएको खबर हामीलाई केन्द्रीय अनुन्धान ब्युरोले दिएको थियो,’ रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने सेतोपाटीसँग, ‘ब्युरो र हाम्रो संयुक्त टोलीले उक्त क्षेत्रमा सर्च गर्ने क्रममा मोटरसाईकलमा आएका पुन र घलेले हामीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गरिएको हो।’
त्यसैगरी पुनसँगै इन्काउण्टरमा मारिएका अर्का सोम आलेलाई पनि शरीरका विभिन्न स्थानमा गरी ८ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।
गोली प्रहार पछि उनीहरूलाई लुम्बीनी अञ्चल अस्पताल पुर्याउँदा उनीहरूको मृत्यु भएको एसपी ज्ञवालीले जानकारी दिए।
इन्काउन्टरमा मारिएका पुन र आलेको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालस्थित पोस्टमार्टम गृहमा राखिएको छ ।