टुँडिखेलमा नेपाली सेनाको शक्ति प्रदर्शन


नेपाली सेनाले विगत वर्षहरु झैं यसपटक पनि सेना दिवस मनाएको छ ।

नेपाली सेनाले महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह गरी सेना दिवस मनाएको हो ।

त्यस अवसरमा हेलिकप्टरमार्फत् सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरियो । सेनाले राईफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो । विशिष्ट व्यक्तिहरु सामु विभिन्न सैनिक कला पनि प्रदर्शन गरियो ।

समारोहमा राष्ट्रपति भण्डारीले विभिन्न खेलका बिजेताहरुलाई पुरस्कृत गर्नु भएको थियो । नेपाली सेनाले यस वर्ष सेना दिवसको अवसर पारेर ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षक दिइएको बृहत प्रर्दशनी पनि आयोजना गरेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.