दुई घर जलेर नष्ट


ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज आगालागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्। आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी सुरु भएको थियो। करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका साथै स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। आगलागीका कारण खुल्न सकेको छैन् भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.