इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा मारिए धादिङका शरणकुमार


इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ।

मृत्यु हुनेमा धादिङ सेम्जोङका ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ। इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ ।

‘हामीले इन्डोनेसियाका हाम्रा अवैतनिक बाणिज्यदुतसँग यस विषयमा बुझ्न भनेका थियौं, उनले धादिङ सेम्जोङ का ३४ वर्षीय शरण कुमार तामाङ रहेको जानकारी हामीलाई दिएका थिए, ‘मलेसियास्थित नेपाली दुतावासका द्धितिय सचिव प्रेमराज गौतमले सेतोपाटीसँग भने।

उनको पासपोर्ट नम्बर ‘०८२३६००’ रहेको छ ।

उनी लागु औषध कारोबारी भएको इन्डोनेसियन प्रहरीले जनाएको छ । तामाङ जाकार्ताको अल्पाइन होटलमा लुकेर बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.