वीरगञ्जलाई अस्थायी मुकाम माग गर्दै प्रदर्शन,यातायात ठप्प


प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई बनाएसँगै वीरगञ्जबासी आन्दोलनमा उत्रिएका छन्।

बिहिबार बिहानैदेखि प्रदर्शनकारीहरूले बारा, पर्सामा विरोध प्रदर्शन गरेका  छन्।

विरोध प्रदर्शनले गर्दा  मुख्य बजार बढी प्रभावित भएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले आन्दोलनले भन्सार क्षेत्र खासै प्रभावित नभएको बताए। ‘हिजोदेखि नै ईण्डियाबाट मालबाहक गाडी आउन कम भएको छ। आन्दोलन त शान्तिपूर्ण तवरले नै भइरहेको छ। त्यस्तो कुनै अप्रिय घटना भएका छैनन्,’ उनले भने,‘बाहिरमा सुन्न आएको जस्तो भन्सार क्षेत्र भने प्रभावित भएको छैन।’

सवारीसाधन र बजार भने ठप्प भएको  उनले बताए।

आन्दोलनकारीहरूले कलैया–वीरगन्ज, वीरगन्ज–जितपुर सडक खण्डमा चल्ने सवारी साधन चल्नमा रोक लगाएका छन्।

यातायातको सवारी साधनहरू चल्नमा रोक लगाएपछि यात्रुहरू अलपत्र परेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.