‘रअ’मा जागिर लगाइदिने भन्दै भारतीय दुतावासकाे लेटरहेडमा नियुक्ति पत्र दिने पक्राउ


भारतको बाह्य गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै झण्डै सय जना युवाहरुसँग ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त नौनियालाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनले झण्डै सय जना युवाहरुलाई जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए।

अहिलेसम्म १५ जनाले मात्र नौनियाविरुद्ध जाहेरी दिएका छन् ।

भारतीय दुतावासको लेटरहेड प्रयोग गरी नियुक्ती पत्र दिइएको पीडित युवाहरुले बताएका छन् । भारतीय दुतावासको लेटरहेड सक्कली हो कि नक्कली भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

नौनियाले मासिक ५० हजार भारु तलव हुने र चार महिनाको तलव आफूलाई दिनुपर्ने भन्दै युवाहरुलाई झुक्याएर लाखौं रकम असुलेका थिए।

आफ्नै देशको सुचना अरुलाई दिन रुपैयाँ दिएर जागिर खान खोज्ने युवाहरुमाथि पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.