शरीरमा आगो सल्किँदा सख्त घाइते


आगो ताप्ने क्रममा शरीरका कपडा जलेर झापा बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते  भएकी छन्।

बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराएकाे छ।

पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो। आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.