प्राधिकरणले बाढीपीडितलाई वितरण गर्न गृहलाई दियो १ अर्ब


तराईका बाढीपीडितको घर मर्मत र न्यानो लुगा खरिदका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गृह मन्त्रालयलाई १ अर्ब ४ करोड ६ लाख ५० हजार रुपैयाको दिएको छ।

गत साउनमा अाएकाे बाढीले पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ परिवारलाई घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया वितरण गर्न प्राधिकरणले  रकम गृहलाई आइतबार दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले बताए।

प्राधिकरण अन्तर्गत बाढी पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना प्रमुख  सुमन कर्णका अनुसार बाढीपछिको पुनर्स्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माणबापत् भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.