पोखराको चोरसाँघुमा मोटरेवल पुल सञ्चालनमा


 

पोखराको मुख्य प्रवेशका रूपमा रहको पृथ्वीचोक पुलको विकल्पका रूपमा नयाँ पुल निमार्ण भई सञ्चालनमा आएको छ। पोखरा लेखनाथ महानगरपालिका ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा सोमबार उद्घाटन गरि औपचारिक रुपमा पुल सञ्चालनमा आएको हो। निमार्ण थालेको ११ वर्षपछि ६ महिना अगाडि निमार्ण सम्पन्न भएको हो । मोटरेवल पुलको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको १ करोड ६१ लाखको लागतमा निमार्ण भएको  हो। पुलको २९.९ मिटर लम्बाई र सात मिटर चौडाई रहेको छ । पुल निर्माणसँगै पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७, ९, १४, १५ र १७ र स्याङजा जानका लागि बैकल्पीक पुलका रुपमा प्रयोग गर्न सकिने छ ।

११ वर्ष पहिले पोखरा-लेखनाथ महानगरपालिकाले निमार्ण सुरु गरेर त्यसै छाडेको पुललाई जिल्ला समन्वय समितिले पुरा गरेको हो । ११ वर्ष पहिलो नगरपालिकाले सेती नदिको वारीपारी नै फाउन्डेस निमार्ण गरेको थियो । त्यही फाउन्डेसमा फलामको पुल जडान गरेका हो । २०७२ फागुनमा सो पुलको निर्माण कार्य सुरु गरिएको थियो ।

पुल निर्माणसँगै महानगरपालिका क्षेत्रको दक्षिणी भेगका नागरिकलाई यातायातको सुविधा पुग्ने सांसद अधिकारीले बताए । पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्थ हुदाँ सवारीको लामो जाम हुन्छ । चाइना पुलको नजिकै विकल्प नहुदा लामो समय सम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नु पर्ने बाध्यता थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.