सिभिल बैंकको खाताबाट ४० लाख गायब, बौद्ध शाखाका कर्मचारी पक्राउ


सिभिल बैंक बौद्ध शाखाका कर्मचारी पक्राउ परेका छन्।

एसटु पदमा कार्यरत काठमाडौं १५ घर भई बौद्धमा कार्यरत महेश्वर डंगोलले बैंकको ४० लाख रुपैयाँ आफ्नो खातामा हालेपछि सिआइबीले उनलाई पक्राउ गरेको हो ।

इन्टरनेट बैंकिङबाट उनले युजर नेम र आइडी पत्ता लगाएर आफ्नो खातामा रकम हालेपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

खाताको रकम डंगोलको खातामा भेटिएपछि बैंकले सिआइबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। बैंकको जाहेरीमा उनी पक्राउ परेका हुन् । प्रहरीले उनको बैंक खाता रोक्का गरेको छ। उनीमाथी बैंकिङ कसुर मुद्दा चलाइने सिआइबीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.