पार्किङमा राखेको बसमा आगो लाग्यो

तस्बिरः सागर


पोखराको जिरो किलोमिटरमा बसमा आगलागी भएको छ। पार्किङमा राखिएको ना ५ ख ७२०४ नम्बरको बसमा शनिबार दिउँसो आगो लागेको हो।

बेनी-बाग्लुङ-पोखरा-काठमाडौं रूटमा चल्ने रोडवेज एसी ट्राभलको बसमा आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।

बिजुलीको तार सर्ट भएर हो या बसबाटै अन्य कारणबाट आगो लागेको नखुलेको प्रहरीले जनाएको छ।

आगलागी भएको बसलाई दमकल, खानेपानी ट्याङकरको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। आगलागी पछि बस पुर्ण रूपमा क्षती भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.