आगो तापिरहेको बेला साइन बाइकमा आएकाले गोली हानेः प्रहरी


रूपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ। गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भनिने वसन्त पौडेलको हत्या भएको हो। उज्वल सः मिलका सञ्चालक पौडेलमाथि बिहान ११ बजे मिलमै आगो तापेर बसिरहेको बेला मोटरसाइकलमा आएको दुई अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन्।

छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पताल ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका छन्।

पौडेलमाथि बिहान ११ बजे गोली प्रहार भएको थियो। साइन मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका इप्रका बुटवलका डिएसपी पवन भट्टराईले सेतोपाटीलाई बताए।

गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरू भएको उनले बताए।

एमालेका स्थानीय नेतासमेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.