सानो गौचरनस्थित १४ तले अपार्टमेन्टमा आगलागी


सानो गौचरनस्थित १४ तले अपार्टमेन्टमा बुधबार राति आगलागी भएको छ। कमलपोखरी प्रहरी वृत्तका डिएसपी  कुलदीप चन्दका अनुसार साझ ८ बजेपछि उक्त अपार्टमेन्टको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणका लागि दमकल पुगिसकेको छ।

अपार्टमेन्टमा एक व्यक्ति भित्रै छुटेको पनि उनले बताए। ‘उनलाई उद्दार गरिँदै छ, उनको अवस्था के छ भन्ने अझै यकीन हुन सकेको छैन,’ चन्दले सेतोपाटीसँग भने। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै दमकल पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगलागिको कारण थाहा हुन सकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.