माइक्रोको ठक्करबाट चितुवा मर्‍यो 


तिब्र गतिमा गुडेको गाडीको ठक्करबाट एउटा चितुवा मरेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सीमामा यात्रुबाहक माइक्रो (हायस)को ठक्करबाट एउटा चितुवा मरेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।

बाँकेको राप्ती सोनारी  गाउँपालिका वडा नं. १ चप्परगौरी नजिक बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा गाडीको ठक्करबाट चितुवा मरेको प्रहरीले जानकारी दिएको छ। दाङबाट टोली त्यहाँ पुगे पनि बाँके क्षेत्रमा परेको हुँदा ठक्कर दिने साधनलाई बाँकेले आवश्यक कारबाहीको लागि पक्राउ गरेको एसपी सिंहले बताइन्।

नेपालगन्जदेखि प्युठानको लागि छुटेको बा ४ ख २९७४ नं को हायसको ठक्करबाट चितुवा मरेको दाङकै ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए। ठक्कर दिने गाडी र चालक  नियन्त्रण पछि बाँके राष्ट्रिय निकुञ्जलाई बुझाइएको उनले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.