काठमाडौं महानगरले बेवारिसेलाई आश्रय दिने


काठमाडौं महानगरपालिकाले  महानगरभित्र रहेका बेवारिसे भएकालाई आश्रय दिने भएको छ।

यसका लागि महानगरले मानव आश्रम सेवासँग सम्झौता गरेको छ।

‘हामी महानगरभित्र बेवारिसे रुपमा रहेका कुनै पनि उमेर समुहका मानिसलाई व्यवस्थापन गछौं। यसका लागि मानव आश्रम सेवासँग सम्झौता भएको छ,’ मेयर शाक्यले भने।

महानगरले वृद्धवृद्धामा उमेरसँगै बढ्ने मनोरोग कम गर्नका लागि मनोकेन्द्र पनि खोल्ने भएको छ।

३२ वटै वडामा केन्द्र खोल्ने तयारी भइरहेको मेयर शाक्यले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.