पहुँचयुक्त भौतिक संरचना माग्दै ह्विलचेयर र्‍याली


अपांगता भएकाहरुका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने माग राख्दै शुक्रबार राजधानीमा ह्वीलचेयर र्‍याली आयोजना भएको छ।

करूणा फाउन्डेसन र स्पाइनल स्पोर्ट्स एसोसिएसनको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरू भएको र्‍याली नारायणचौर नक्सालमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य आउने भनिए पनि अन्तिम समयमा उनी आफ्नै कार्यव्यस्तता जनाउँदै आउन पाएनन्। र्‍यालीमा सयौंको संख्यामा ह्विल चेयरधारी सहभागी भएका थिए।

अपाङ्गता भएका व्यक्तिहरूले पनि पहुँचयुक्त भौतिक संरचनाहरु (भवन, सार्वजनिक ठाउँहरु, सडक आदि) को सहज उपभोग गर्न पाउनुपर्ने माग गरेका थिए। ह्विलचियर प्रयोग गर्ने व्यक्तिहरुलाई त्यस ठाउँहरुमा सहज पहुँच निर्माणका लागि नेपाल सरकार र आम समुदायलाई संरचनात्मक अबरोधहरु हटाउन उत्तरदायी बनाउन उनीहरूले र्‍यालीको आयोजना गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.