राजधानीमा क्रिसमस उल्लास


भोलि डिसेम्बर २५, अर्थात क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ।  नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रुपमा मनाउँछन्।

खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्। क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ। क्रिसमस ट्रि लगायतको सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ।

यो पर्व मनाउन सरकारले विसं २०६४ देखि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.