किराँत समुदायको मौलिक सांस्कृतिक पर्व उधौंली आईतबारदेखि भव्यरुपमा मनाउन सुरु गरिएको छ।
किराँत समुदायले नयाँ बाली भित्रयाउने बेलामा प्रकृतिको पूजा गर्दै यो पर्व मनाउने गर्दछन। यसै अवसरमा ललितपुरको हात्तिवनमा पनि किराँत समुदायले एक भव्य कार्यक्रम आयोजना गरेका छन। हुर्काउने, बढाउने काम प्रकृतिले नै गरेकाले उनै प्रकृतिको पूजा गरी उधौली पर्व मनाउने गरिएको कार्यक्रममा सहभागी राजबहादुर राईले जानकारी दिए।
कार्यक्रममा आप्समा शुमकामना साटासाट गर्दै सुख, शान्ति र समृद्धिको कामना पनि गरिएको छ।
उधौंली पर्व पूर्वका किराँत समूदायको मौलिक साँस्कृतिक चाड हो। यो पर्व विदेशमा समेत रहेका किराँत समुदायले हर्षोउल्लासका साथ मनाईरहेका छन। खेतबारीमा छरपोख गरेर अन्नवाली उब्जाएपछि आफ्नो इष्टदेव तागेरा निङवाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफूले खाएर यो पर्व मनाउने गरिएको छ। यो पर्व बढिमा एक हप्तासम्म मनाउने गरिन्छ। यो पर्वमा एकआपसमा हात समाएर धान नाच समेत नाच्ने गरिन्छ। उधौंली पर्व काठमाडौं उपत्यका भित्र पनि २०३७ सालदेखि मनाउन सुरु गरेको बताईन्छ।