पोखरामा कर सप्ताह सुरू #NepalVotes #NepalElection2017 पोखरामा कर सप्ताह सुरू

पोखरामा कर सप्ताह सुरू


आन्तरिक राजस्व कार्यालयको आयोजनामा पोखरामा छैंटो राष्ट्रिय कर सप्ताह दिवस सुरू भएको छ।

कर दिवस तथा कर सप्ताहको अवसरमा पोखरामा प्रभातफेरी निकालिएको छ। कर सप्ताह अन्तरगत गण्डकी र धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान गर्ने, कर प्रशासन, कर सचेतना तथा सहभागिता र सञ्चालनमा सहयोग पुर्‍याउन कार्यक्रम गरिने भएको  छ।

प्रभातफेरीमा सहभागीले ‘कर तिरौं आत्मसम्मानको अनुभूति गरौं, गौरवको साथ तिरौं कर, संबृद्ध राष्ट्र हाम्रो रहर लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए।

२०७४/७५ चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ। यो आर्थिक वर्षमा पोखरा कार्यालयले ८ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले बताए । कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा ६ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

गण्डकी र धौलागिरीका १० जिल्लामा १ लाख १७ हजार ९ सय २९ करदाता छन् । व्यवसायिक प्यानमा दर्ता भएका ७१ हजार ८ सय ६२ छन् भने व्यक्तिगत प्यानमा दर्ता भएका ४६ हजार ६१ जना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका १० हजार ८ सय २३ र इक्साइ करदाता ६ हजार ६ सय ६९ रहेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.