चाँदी र हात्तीको पुच्छरसहित बर्दिबासबाट दुई पक्राउ


महोत्तरीको बर्दिबासबाट चाँदीका गरगहना र हात्तीको पुच्छरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले कैलाली टीकापुर नगरपालिका १ का विश्वराज तिवारी र कालिकोट तिलकनगर ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा डिएसपी प्रविण पोखरेलका अनुसार उनीहरूलाई बर्दिवासस्थित शिशमहल होटलबाट विशेष सुराकीको आधारमा पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट अवैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद गरिएको उनले बताए ।

पक्राउ परेकामध्ये चाँदीसहित कोइरालालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया र तिवारीलाई हात्तीको पुच्छर सहित जिल्ला वन कार्यालय महोत्तरीमा बुझाइएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.