सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी प्रहरी बरिष्ठ उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीले ज्यान गुमाएका छन्।
मृत्यु हुनेहरुमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द रहेका छन्। यसैगरी सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु रहेका छन्।
यसअघि सहायक प्रजिअ उदयबहादुर सिंहले टीकापुरमा आज भएको घटनामा नेपाल प्रहरीतर्फ पाँच, सशस्त्र प्रहरीतर्फ ११ र प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जानकारी दिएकोमा केही समयपछि जिल्ला प्रशासन कार्यालयले घटनामा भएको मानवीय क्षतिबारेको तथ्याङ्क सच्याएको छ।