नेकपा एमाले स्थायी समिति बैठकले सर्वोच्च अदलातको बुधबारको आदेशले निर्वाचनबारे आशंका उब्जाएको निर्णय गरेको छ।
बिहिबार बसेको आकस्मिक बैठकले सर्वोच्चको आदेशमाथि आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यसले धेरै प्रश्नहरू जन्माएको र जनताको मताधिकार खोसिनसक्नेसम्मको आशंका उब्जाएको बताएको छ।
बैठकपछि एमाले नेता प्रदिप ज्ञवालीले सर्वोच्चको हिजोको आदेशबाट धेरै संका उपशंका जन्मिएको भन्दै जनताको मताधिकार सुरक्षित गर्न माग समेत गरेका छन्। ‘जनताले आफ्ना मताधिकारको प्रयोग गर्ने आफ्नो अधिकारको विषयमा अदालतले पूर्ण सम्मान गर्छ भन्ने विश्वास लिएका छौ,’ उनले भने।
उनले सर्वोच्चको आदेश रिट दायरकर्ताको माग दाबी अनुसार नभएको पनि जिकिर गरे। ‘माग दाबी एकातिर छ सर्वोच्चको आदेश अर्कोतिर आयो, यसले झन शंका जन्माएको छ,’ उनले भने।