प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुईवटा अलगअलग मतपत्र बनाउन माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले बुधबार सुनाउने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो।
राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए।
उक्त निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो।
निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघको माथि र प्रदेशको तल पर्ने गरी नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ।