राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री कमल थापासहित तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा विनाविभागीय मन्त्री थापा र विनाविभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।
त्यस्तै, प्रधानमन्त्री देउवाले नवनियुक्त चार राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका छन्।
उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शनिबार साँझ नवनियुक्त विनाविभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।