कास्की क्षेत्र नम्बर २ मा एमालेबाट रविन्द्र अधिकारी र १ बाट खगराज अधिकारी सिफारिस


प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं २ बाट रविन्द्र अधिकारी सर्वसम्मत सिफारिस भएका छन्।

संसदको विकास समितिका सभापति समेत रहेका अधिकारी बिहिबार नेकपा एमाले क्षेत्र नं २ को बैठकबाट सर्वसम्मत उम्मेदवार चयन भएका हुन्।

प्रदेश सभामा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ ‘क’ मा कृष्ण थापा, धनराज आचार्य, हिरा गिरी सिफारिस भएका छन् । त्यसै गरी प्रदेशसभा नेकपा एमाले कास्की निर्वाचन क्षेत्र न २ ‘ख’ बाट प्रभा कोइराला, सन्जिब बहादुर कोइराला र दान बहादुर बानिँया सिफारिस भएका छन् ।

यसअघि कास्की क्षेत्र न १ बाट प्रतिनिधि सभाको लागि पूर्वमन्त्री खगराज अधिकारी र ३ नं क्षेत्रबाट जगत विक , जगन्नाथ बास्तोला र उमा कोइराला सिफारिस भएका छन् । कास्की क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभाको लागि दीलिप न्यौपाने, टिकाराम पंगेनी र सरिता कुमाललाई एमालेले केन्द्रमा सिफारिस गरेको छ । क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभाको लागि मनबहादुर गुरुङ, बसन्त बराल सिफारिस भएका छन् ।

प्रदेश सभा कास्की क्षेत्र न ३ ‘क’ बाट नारायण बास्तोला, दल बहादुर गुरुङ र सरस्वती अधिकारी छन् भने प्रदेश सभा कास्की क्षेत्र न ३ ‘ख’ बाट राजिब पाहारी, दामोदर बैरागी र देबका पहारी रहेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.