प्राधिकरणका सिइओ पोखरेल प्युठान कांग्रेसका सर्वसम्मत उम्मेदवार


प्युठान कांग्रेसले पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेललाई प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको कांग्रेस जिल्ला समितिले उनलाई सर्वसम्मतबाट उम्मेदवारको सिफारिस गरेको जिल्ला सभापति देवेन्द्र बर्माले बताए।

‘प्युठानका ७४ वडा, ७ गाउँपालिका, २ नगरपालिका र एउटा क्षेत्रबाट संघीय प्रतिनिधि सभामा उम्मेदवार बताउन उहाँको नाममात्र सिफारिस भएर आएको छ,’ उनले भने, ‘तलैबाट सर्वसम्मत भएर आएपछि उहाँलाई नसोधि हामीले सिफारिस गरेका छौँ।’

पोखरेलले भने जिल्लाले सांसद उम्मेदवारको लागि सिफारिस गरेपनि चुनाव लड्ने नलड्नेबारे अझै निर्णय गरि नसकेको बताए।  प्रधानमन्त्रीलाई सोधेर मात्र प्राधिकरणबाट राजिनामा दिने नदिने निर्णय गर्ने पनि उनले बताए।

‘जिल्लाले प्रतिनिधिसभाको लागि सिफारिस गरेको रहेछ। तर मैले अझै निर्णय गरेको छैन,’ उनले सेतोपाटीसंग भने, ‘म अहिले प्यूठानमै छु। प्रधानमन्त्रीसंग यसबारे छलफल गर्छु। उहाँले जे भन्नु हुन्छ त्यसै अनुसार मैले निर्णय गर्छु।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.