माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरताका लागि वामपन्थी पार्टीहरुबीच गठवन्धन भएको बताएका छन्।
एमाले र माअाेवादीबीच चुनावी तालमेल तथा पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीको सहमति जनताको पक्षमा रहेकाले कोही भ्रमित हुन नपर्ने बताए। पार्टी एकताको प्रयास र चुनावी तालमेल कसैका विरुद्ध नभएको उनले उल्लेख गरे।
चुनावी तालमेल र पार्टी एकताको प्रयास समाजवादको नयाँ मोडल तयार पार्ने उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ थियो। दुई दलबीचको सहमति कांग्रेसविरुद्ध नभएको पनि उनले प्रस्ट पारे।