नेकपा एमाले, माअाेवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठवन्धनदेखि पार्टी एकता गरी 'एकीकृत कम्युनिस्ट पार्टी' गठन गर्ने सहमति भएको छ।
राष्ट्रिय सभागृहमा जारी पत्रकार सम्मेलन क्रममा तीनै पार्टीका प्रमुखले सहमतिपत्र हस्ताक्षर गरेका छन्। सहमतिअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा एमालेले ६० र माअाेवादीले ४० प्रतिशत क्षेत्र पाउनेछन्। सहमतिका अाधारमा नयाँ शक्ति र अन्य साना वाम दललाई समेत सिट छुट्टाउने निर्णय एमाले-माअाेवादीले गरेका छन्।
कार्यक्रममा गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सहमतिपत्र पढेर सुनाएका थिए। निर्वाचनपछि तीन पार्टीको विधिवत् एकता घाेषणा गर्ने सहमतिमा उल्लेख गरिएको छ। पार्टी एकता नभएसम्म एकअर्काको विरोधमा नकारात्मक टिप्पणी नगर्ने सहमति भएको छ। पार्टी एकताका लागि ८ सदस्यीय एकता संयाेजन समिति गठन गरिएको छ।
समितिमा एमाले अध्यक्ष केपी अाेली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गाैतम र ईश्वर पाेखरेल छन्। माअाेवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। नयाँशक्ति तर्फबाट बाबुराम भट्टराई छन्।