नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण तथा चुनावी गठवन्धनमा बाबुराम भट्टराईको नयाँशक्ति पार्टी पनि मिसिने भएको छ।
केपी ओली र भट्टराईबीच मंगलबार बालकोटमा भएको भेटघाटपछि नयाँशक्ति पनि मिसिने टुंगो लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। यसबारे एक सातादेखि छलफल भइरहेको उनले बताए।
आज साँझ ५ बजे राष्ट्रिय सभागृहमा डाकिएको पत्रकार सम्मेलनमा एमाले, माओवादी र नयाँशक्ति तीनैवटा दलले संयुक्त रूपमा एकीकरण तथा चुनावी गठवन्धनको घोषणा गर्नेछन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा त्रिपक्षीय सहमतिपत्रको मस्यौदा भइरहेको छ।