गाडी जाने बाटो नभएपछि गृहमन्त्री हिँडेरै आगलागी स्थल पुगे (फोटोहरु)


शनिबार राति बल्खुको सुकुम्बासी बस्तीमा भएको आगलागिको निरीक्षण गर्न गएका गृहमन्त्री जनार्दन शर्माको गाडी जाने बाटो नभएपछि हिडेरै आगलागीस्थलमा पुगेका थिए।

खाल्डाखुल्डी भएको बाटोमा गाडी लिनैनसकिने अवस्था भएपछि गृहमन्त्रीको गाडी मुख्य बाटोमै छोडेर हिडेरै गएका थिए।

आगलागी हुँदा पनि उक्त स्थानमा दमकल लिन पनि निकै गाह्रो भएको प्रहरीले बताएको छ। त्यहाँ केहीबेर दमकल पनि फसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

बल्खु पुलबाट सुकुम्बासी बस्तीतिर जाने सडकमा हिलो, खाल्डाखुल्डीले गाडीको आवतजावत कष्टकर रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.