सर्लाही सदरमुकाम मलंगवामा कांग्रेस विजयी


सर्लाही सदरमुकाम मलंगवाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेद्वार निर्सत साह स्वतन्त्र उम्मेदवार नगेन्द्रप्रसाद यादवलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। साहले ४२४४ मत ल्याए भने क्यामरा चुनाव चिह्न भएका यादवले ३५८१ मत ल्याए।

उपमेयरमा पनि कांग्रेसकै शान्ति सवनाम विजयी भएकी छन्। उनले राजपाकी समा अरालाई पराजित गरेकी हुन्। शान्तिले ३७८२ मत पाइन् भने समाले ३४४६ मत ल्याइन्।

योसँगै कांग्रेसको जित ३६ पुगेको छ। यो सर्लाहीमा कांग्रेसको पाँचौं जित हो। यसअघि सर्लाहीको हरिपुर्वा नगरपालिकामा सियाराम राय, बसबरिया गाउँपालिकामा रामअयोध्या यादव, धनकौल गाउँपालिकामा रामआश्रे साह र रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्मा विजयी भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.