बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी


बाराको महागढीमाई नगरपालिका प्रमुखमा नेकपा एमालेका उपेन्द्रप्रसाद यादव विजयी भएका छन्। उनी ५७६५ मत ल्याएर विजयी भएका हुन्।

उपप्रमुखमा कांग्रेसकै तारादेवी कानु ५३७५ मत ल्याएर विजयी भएकी छन्।

योसँगै दुई नम्बर प्रदेशका १३६ स्थानमध्ये कांग्रेसले ३५ स्थान जितेको छ। बारामा यो कांग्रेसको चौथो जित हो। यसअघि सिम्रौनगढ नगरपालिकामा विजयशंकर यादव, करैयामाई गाउँपालिकामा भुवनेश्वर धामी र निजगढ नगरपालिकामा सुरेशकुमार खनाल विजयी भएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.