एमालेले जित्यो प्रदेश नम्बर २ को पहिलो उपमहानगर


बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा एमालेका कृष्ण पौडेल विजयी भएका छन्। उनले १४४६९ मत ल्याएर जितेका हुन्। उपमेयरमा एमालेकै सरस्वती चौधरी विजयी भएकी छन्।

यो जितसँगै एमालेले १५ स्थानमा जितेको छ। बारामा यो एमालेको पहिलो जित हो।

यो एमालेले जितेको दुई नम्बर प्रदेशको पहिलो उपमहानगर पनि हो। यसअघि एमालेले दाङको घोराही, तुलसीपुर, बुटवल, हेटौडा, धरान र इटहरी उपमहानगर जितेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.