वीरगन्ज महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको मत अन्तर ७९ पुगेको छ। पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ८६८८ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ८६०९ मत पाएका छन्।
दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेसका द्विवेदीले अग्रता लिएका छन् भने उनलाई फोरम उम्मेदवार सरावगीले अत्यन्त कम अन्तरका साथ पछ्याइरहेका छन्।