सर्लाहीको ईश्वरपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका मन्जनकुमार दवकोटा विजयी भएका छन्। उनी ६५६० मत ल्याएर विजयी भएका हुन्।यहाँ उपमेयरमा पनि एमालेकै एकवतीदेवी चौधरी ६६७८ मतसहित विजयी भएकी छन्।
यो जितसँगै दुई नम्बर प्रदेशमा एमाले १४ स्थानमा विजयी भएको छ। मतगणना जारी रहेका २१ स्थानमध्ये ६ वटामा एमाले अग्रस्थानमा छ।
सर्लाही जिल्लामा यो एमालेको तेस्रो जित हो। यसअिघ सर्लाहीको लालबन्दी नगरपालिकामा एमालेका मानबहादुर खड्का र हरिवन नगरपालिकामा गणेश प्रसाई विजयी भएका थिए।