धनुषाको जनकपुर उपमहानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा तीन प्रतिस्पर्धीबीच फराकिलो अन्तर भएको छ।
यहाँ राजपा उम्मेदवार लालकिशोर साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगाडि छन्। लालकिशोरले १७७८३ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज साहले ८२९२ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेको एमालेका मेयर उम्मेदवार लक्ष्मीनारायण भगतको मत ३०७३ छ। योभन्दा कांग्रेसको मत झन्डै तेब्बर हो।
उपमेयरमा पनि राजपाकै उम्मेदवारको फराकिलो अग्रता छ। राजपा उम्मेदवार रिताकुमारी मिश्रले १३९३० मत ल्याउँदा कांग्रेस उम्मेदवार निलमदेवी कर्णले ७८७८ मत पाएकी छन्।
यहाँ मतगणना जारी छ।