सर्लाहीको चक्रघट्टामा माओवादीकेन्द्रका विक्रम यादव


 

 

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा माओवादीकेन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ।

राजपाका अध्यक्ष उम्मेदवार विष्णुकुमार यादवलाई हराउँदै माओवादीकेन्द्रका विक्रम यादवले जितेका छन्।

उनले ३ हजार २ सय १६ मत ल्याएको निर्वाचन अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए।

विष्णुकुमारले ३ हजार १ सय ४८ मत ल्याएका थिए।

उपाध्यक्षमा माओवादीकेन्द्रकै बसौधा कुमारीले राजपाकी फूलवन्ति कुमारीलाई पराजित गरेकी छन्। बसौधाले ३ हजार ३ सय १० मत ल्याएकी छन् भने फूलवन्तिले ३ हजार ५० मत ल्याएकी छन्।

चक्रघट्टामा वडाअध्यक्ष कांग्रेसले ४, राजपाले २ र माओवादीकेन्द्रले २ वटा जितेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.