जनकपुरमा ५८०० मतले कांग्रेसलाई उछिन्दै राजपा पहिलो


धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवार लालकिशोर साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा ५८०० मतले अगाडि छन्।

शुक्रबार बिहानसम्म गणना भएको मतमध्ये लालकिशोरले ८७१७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज साहले २९१७ मत पाएका छन्।

नेकपा एमालेका मेयर उम्मेदवार लक्ष्मीनारायण भगतले ८९९ मत पाएका छन्।

उपमेयरमा पनि राजपाकै उम्मेदवारको फराकिलो अग्रता छ। राजपा उम्मेदवार रिताकुमारी मिश्रले ६१९० मत ल्याउँदा कांग्रेस उम्मेदवार निलमदेवी कर्णले २६४५ मत पाएकी छन्। मतगणना जारी छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.